Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक आयोजनाबिरुद्ध मुद्धाको चाङ, महिनामै ४ पटक आन्दोलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २, २०७७
in टाकुरा विशेष, समाचार
0
तस्वीरमा हेर्नुहोस् तरहराबाट देखिएको ६ लेन सडक (फोटोफिचर)

इटहरी २ बरगाछीबाट देखिएको ६ लेन सडक ।

575
SHARES
Share on FacebookShare on Twitter

तरहरा : मोरङको रानी–विराटनगर–इटहरी–धरानसम्मको ६ लेन सडक विस्तार आयोजनाविरुद्ध मुद्दाको चाङ लागेको छ ।

सडक विस्तार आयोजनालाई दुहबी बजारका घरधनी र इटहरी बजारका घरधनीहरूले विशेष अदालत र सर्वोच्च अदालतमा गरी दुई दर्जनभन्दा बढी मुद्दा हालेका छन् ।

६ लेन सडक आयोजना अन्तर्गत दुहबीदेखि तरहरासम्म ४ सय ५ वटा घर भत्काउनु पर्ने देखिएको छ । इटहरी क्षेत्रमा १ सय ९७ र दुहबी क्षेत्रमा २ सय ८ वटा घर सडकको जग्गामा रहेका छन् । तर, अधिकांश घरधनीले अदालतबाट स्टे अर्डर ल्याएको कारण सडक विस्तार कार्य ठाउँ–ठाउँमा रोकिन पुगेको छ ।

सडक विस्तार अभियान तीव्र गतिमा नहुँदा मुख्य सडक आसपास व्यापार गर्ने व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । तर, ६ लेन सडक विस्तार आयोजनाको पनि आफ्नै खालका गुनासाहरू रहेका छन् । सडकको जग्गाभित्र बनेका भौतिक संरचना बारम्बार हटाउन निर्देशन दिँदा पनि कसैले नटेरेको आयोजनाले जनाएको छ । ‘अधिकतम् लचकता अपनाएर भए पनि सडक विस्तार गर्न लागिपरेका छौं’ आयोजना प्रमुख बद्रीप्रसाद शर्माले भने ।

उनले इटहरी चोक र दुहबीमा भने सडकको ‘राइट अफ द वे’ मा समस्या भइरहेको बताए । ‘अदालतमा उजुरी परिहाल्छ यसलाई सामान्य लिनुपर्छ’ शर्मा भन्छन्, ‘ अहिले उच्च अदालत र सर्वोच्चमा गरेर २० वटा मुद्दा खेपिरहेका छौं ।’ उनका अनुसार मुद्दामा तारेख धाइरहनु परेको छ ।

आयोजनाले स्थानीय पालिका तथा वडास्तरमा समेत समन्वय गरेर काम गरिरहेको भए पनि सडक विस्तारमा स्टे–अर्डर आउँदा समस्या भएको उनले बताए । अझै पनि घरधनीहरूसँग अधिकतम् लचकता अपनाउँदै सडक निर्माण गर्न अघि बढिरहेको आयोजना प्रमुख शर्मा बताउँछन् ।

महिनामै ४ पटक आन्दोलन

६ लेन सडक विस्तार कार्य इटहरी क्षेत्रमा ढिलाइ भएको भन्दै स्थानीय व्यापारीहरूले बारम्बार आन्दोलन गर्दै आएका छन् । फागुन महिनामा मात्र इटहरी विराटनगर लाइनका व्यापारी र धरान लाइनका व्यापारीले ४ पटक राजमार्ग अवरुद्ध गरे ।

सडकको धुलोले व्यापारीहरूको कन्तबिजोक भएको उनीहरूको गुनासो छ । इटहरी बजार आसपासमा फागुन महिनामा मात्र चार पटकभन्दा बढी सडक अवरुद्ध भयो । ६ लेन सडकको काम तीव्र गतिमा हुन नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोका कारण व्यापारीहरू मारमा पर्दै आएका छन् ।

त्यस्तै धरानको मुख्य सडकका करिब एक हजार घरहरू आधाउधी भत्कने भएका छन् ।

धरानको तीनकुनेदेखि मुख्य सडक हँुदै बेसक्याम्पसम्ममा १ हजार घर भत्किन सक्ने ६ लेन सडक विस्तार आयोजना इटहरीले जनाएको छ ।

राजमार्गमा पर्ने घर भत्काइने र उनीहरूले घरको क्षतिपूर्ति पाउनेछन् । तर, जग्गाको क्षतिपूर्ति भने पाउने छैनन् । तीनकुनेदेखि बेसक्याम्पसम्मको ५ किलोमिटर बाटो फराकिलो बनाउँदा १ हजार घरमा प्रत्यक्ष क्षति पुग्ने आयोजनाले जनाएको छ ।

धनबहादुर पुरीले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #६ लेन सडक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’
FEATURE BREAKING

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न र घटनाको निष्पक्ष...

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’
FEATURE BREAKING

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिँदै जिल्लामा कुनै पनि मानवीय वा...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.