धरान : नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीको पाँचौ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
धरानमा बुधबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ । यस्तै, सदस्यहरूमा सौरभ श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् ।
बुधबार नै समितिको पहिलो बैठक बस्दै चैत ९ गते खलपुचहरूसँग अन्तरक्रिया गर्ने निर्णय भएको अध्यक्ष मोहन श्रेष्ठले बताए । सोही कार्यक्रमकै दिन समितिको पदस्थापन पनि गरिने भएको छ । त्यस्तै वैशाखको दोस्रो साता आधारभूत पत्रकारिता तालिम गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।














Discussion about this post