Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा श्रृंखलाबद्ध चोरीमा संलग्न पक्राउ, सिसी क्यामेरा फुटेजले गर्‍यो ‘सपोर्ट’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २६, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा श्रृंखलाबद्ध चोरीमा संलग्न पक्राउ, सिसी क्यामेरा फुटेजले गर्‍यो ‘सपोर्ट’
3.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कालो ज्याकेट, रातो हेल्मेट लगाएर दैनिक इटहरी चौक आसपासमा देखिने । पल्सर मोटरसाइलको नम्बर प्लेट केही सेतो जस्तो । कसैले झट्ट हेर्दा सरकारी नम्बर प्लेट जस्तै । मानिस हेर्दा भद्र र शालीन जस्तो । तर, उनी हुन् इटहरीमा योजनाबद्ध रुपमा चोरी गर्नमा तल्लीन व्यक्ति । झापाको दमक १२ घर भएका, हाल मोरङ केराबारी ९ मा कोठाभाडामा बस्दै आएका ३० वर्षीय बिजु मोतेलाई विभिन्न पटक चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न पटक ‘टार्गेट’ गरेर चोरी गरेको आरोपमा मोतेलाई २४ गते पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो । इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार को ८ प १२३६ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेर इटहरी आसपास योजनाबद्ध रुपमा चोरी गरेको आरोपमा मोतेलाई पक्राउ गरिएको हो ।

‘गत पुषदेखि यी व्यक्तिको विषयमा अनुसन्धान सुरु गरिएको थियो,’ डीएसपी केसीले भने, ‘६ वटा उजुरी परेपनि पछिल्लो पटक सीसी क्यामेरा फुटेजको आधारमा उनलाई पक्राउ गरिएको हो ।’ अघिल्ला फुटेजमा ‘क्लियर’ मानिस नदेखिएपनि पछिल्ला फुटेजले ‘सपोर्ट’ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोतेको सम्बन्धमा मोरङ प्रहरीले समेत खोजी कार्य अगाडि बढाइरहेको पनि अनुसन्धानबााट खुलेको प्रहरीले जनाएको छ । उनीबिरुद्ध लागूऔषध र चोरीको आरोपमा मोरङ प्रहरीले अनुसन्धान गरिराखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको केसीले बताए ।

‘अपराध लुकाउन नम्बर प्लेट धमिलो बनाएको र नम्बर प्लेट भूइतिर ढल्काएको रहेछ,’ केसीले भने, ‘विशेष गरेर महिलाहरूलाई ‘टार्गेट’ गरेर एकान्त र अध्याँरो ठाउँमा ब्याग खोस्ने र लुटपाट गर्ने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार मोतेले मोटरसाइकलमा धेरै दिनदेखि ‘फलो’ गर्ने र लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ । पुषयता मात्रै उनीबिरुद्ध छ वटा उजुरी परेको र सीसी टिभी फुटेजका आधारमा पक्राउ गरिएको डीएसपी केसीले बताए ।

‘एकान्त र अँध्यारो ठाउँमा ब्याग खोस्ने र ब्याग तान्ने पैसा लुटेपछि ब्याग फाल्ने गरेको घटना पनि छ,’ उनले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोतेले आतंक मच्चाएर चोरी गरेको खुलेको छ ।’ इटहरीमा पछिल्लो समय चोरीका घटनाका उजुरी परेपनि संलग्न व्यक्तिहरु पक्राउ पर्न नसकेको र पक्राउ गर्नका लागि सीसी टिभीको फुटेज बलियो हतियार भएको डीएसपी केसीले बताए ।

चोरीमा संलग्न रहेका उनलाई जिल्ला अदालन सुनसरीबाट सातदिन म्याद थप गरि अनुसन्धान गरिररहेको प्रहरीले जनाएको छ ।

Tags: #इटहरी#इटहरी प्रहरी#पक्राउइलाका प्रहरी कार्यालयचाेरीलुटपाट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1453 shares
    Share 581 Tweet 363
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.