इटहरी : पौडी खेल्ने क्रममा इटहरीका दुई जना बालकको मृत्यु भएको छ ।
इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी ७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन् । नहरमा पौडी खेल्ने क्रममा डुबेर हिजो राति बेपत्ता भएका उनीहरुलाई प्रहरी तथा स्थानीयले खोजी गरेका थिए ।
गम्भीर अवस्थामा फेला परेका उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।
उपचारको क्रममा भुर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।














Discussion about this post