झापा : झापामा सोमबार राति चट्याङले लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई चट्याङ लागेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
गस्तीमा उनीसहित दुईजना निस्केका थिए । सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ ।














Discussion about this post