इटहरी : सुनसरीको हरिनगर गाउँपालिका ५ बाट अवैध औषधीसहित तीनजनालाई प्रहरीले प्रकाउ गरेको छ ।
संखुवासभाको चैनपुर कामदार लिएर जादैँ गरेको प्र १–०२–००२ च ४७२७ नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरीका परीक्षण कुवँर, गाडी चालक विजय अधिकारी र हरिनगर ६ का नसिम अन्सारी रहेका छन् ।
उनीहरुको साथबाट अवैध औषधी ट्रमाडोल आइपि ५० एमजीको ३ हजार ४८० क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post