इटहरी : इटहरीमा मृत भेटिएकी एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका ४ स्थित बगैँचा टोलमा कोठाभाडामा बस्दै आएकी ३५ वर्षीया सुनिता राईको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा मृतक सुनिताकी श्रीमान न्याधीश राई रहेका छन् ।
बिहीबार बिहान सुतेकै ठाउँमा सुनिता मृत फेला परेकी थिईन् । मृत्युको कारण अत्यधिक मापसे हुनसक्ने भएपनि घटना शंकास्पद रहेकाले न्याधीशलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको डीएसपी केसीले जानकारी दिए ।
‘बुधबार राति मापसे गरेर एकैठाउँ सुतेपनि बिहान श्रीमती मृत फेला परेकी थिईन्,’ केसीले भने, ‘मापसेकै कारण मृत्यु भएको आशंका गरिएपनि घटना शंकास्पद रहेकाले उनलाई पक्राउ गरिएको हो ।’
पोस्टमार्टम रिपोर्टमा मृत्यु शंकास्पद देखिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका राईमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान उद्योग मुद्दामा म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।
उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।
यो पनि – इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला, मृत्युको कारण अत्यधिक मापसे हुनसक्ने














Discussion about this post