इटहरी : इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी छन् । बिहीबार बिहान इटहरी ४ मा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरी ४ बगैचाटोलस्थित कृष्ण चौधरीको घरमा कोठाभाड बस्दै आएकी अन्दाजी ३५ वर्षीया सुनिता राई आज बिहान मृत फेला परेकी हुन् ।
‘श्रीमान श्रीमती सँगै सुतेको अवस्थामा श्रीमती मृत फेला परेको हामीलाई सूचना आएको थियो,’ केसीले टाकुरासँग भने, ‘अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका रहेछन्, हिजो पनि मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
डीएसपी केसीका अनुसार मृत्युको यकिन कारण नखुलेपनि मादक पदार्थ सेवन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको केसीले जानकारी दिए ।
उनको एक छोरा र एक छोरी रहेका छन् ।














Discussion about this post