लोकप्रिय गायक गंगा बरदानले १८ वर्षपछि ल्याए नयाँ गीत (भिडियो)

धरान : लोकप्रिय गंगा बरदानले १८ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नयाँ गीत धराने हावा तोङ्गबाको पानीलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता, दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो ।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा दाई त काले भाई पनि काले गीत गाएर गंगा वरदान प्रथम भएका थिए । २०३५ सालमा रेडियो नेपालमा कहाँमा काट्यो बेतको लौरी आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए।

हाइकिङ्ग बाबाको रुपमा परिचित सेवक अभियानका अभियानकर्ता राजिव हलवाईको रचना तथा बरदानकै संगीत रहेको यो गीतमा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ ।

भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

Discussion about this post

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्