इटहरी : इटहरीमा हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी १ का २४ वर्षीय रविन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी इटहरी २ का ३१ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
२०६५ साल पौष १ गते चौधरीको इटहरी ५ स्थित संगम चोकमा धारिलो हतियारको प्रहारबाट मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तीव्रता दिएसंगै हत्यामा संलग्न भई फरार रहेका उमेशलाई शनिबार १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान) समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाइएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post