Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहरा बसोबास गर्ने २ र अरु ४ जना मिलेर सुन्दरहरैँचामा रहेको सुनपसल लुटपाट गर्ने लुटेरा मोरङ प्रहरीद्धारा सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०७८
in समाचार
0
तरहरा बसोबास गर्ने २ र अरु ४ जना मिलेर सुन्दरहरैँचामा रहेको सुनपसल लुटपाट गर्ने लुटेरा मोरङ प्रहरीद्धारा सार्वजनिक
5.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी :  मोरङको सुन्दरहरैँचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी पक्राउ परेका ६ जना लुटेराहरुको समुहलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी २० तरहरामा डेरा गरि बस्ने संखुवासभा सभापोखरी ४ का ३९ बर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका १ का ४५ बर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, इटहरी २० तरहरामा डेरा गरि बस्ने संखुवासभा बाह्रबिसे ६ का ३० बर्षीय चिरञ्जिवि राई, मोरङको सुन्दर हरैचा ५ का २२ बर्षीय मिशन राई रहेका छन् ।

यस्तै, तरहरामा डेरा गरि बस्ने भोजपुरको पौवादुम्मा गाउँपालिका ३ का ३० बर्षीय नगेन्द्र राई र सुन्दर हरैचा ७ का ३१ बर्षीय सन्तोष राई रहेका छन् । उनीहरुलाई आज बिहान ३ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो समुहले सुन्दरहरैचा १० त्रिवेणी चोकमा रहेका खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा साउन १ गते दिउँसै करिब सवा १ बजे हतियार देखाएर लुटपाट गर्ने प्रयास गरेको थियो ।

ज्वेलर्स लुट्ने प्रयास सफल नभएपछि उनीहरु फरार भएका थिए । उनीहरुले असार ३१ गते पनि सोही सुन पसलमा ३ वटा मोटरसाइलमा ६ जना आएर लुटपाट गर्ने योजना बनाए पनि सफल हुन नसके पछि बुढ खोला हुदै इटहरीतर्फ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै, उनीहरुले हतियारलाई नमुना सामुदायिक वनमा रुखको टोड्कोमा लुकाएर राखेको पनि प्रहरीले जनाएको छ ।

यो समुह भोलीपल्ट पुनः सोही सुन पसल लुट्न हतियारसहित पुगेको थियो । प्रमोद चौधरी र चन्द्रबहादुर राई प्रवेश गरेका थिए । प्रमोदले कटुवा पेस्तोल र चन्द्रले एमएमजि बोकेका थिए भने अर्का एक जनाले अटोमेटिक पेस्तोल बोकेका थिए ।

अन्य ३ जना भने सुन पसलको वरीपरि निगरानी गरी बसेका थिए । तर उक्त दिन पनि उनीहरु सुन पसल लुट्न सफल हुन सकेनन् । हतियार सहित पुगेको समुहको गतिविधि सिसिटिभीमा कैद भएको थियो । जसले गर्दा प्रहरीलाई अनुसन्धान गर्न सहयोग पुग्यो ।

प्रहरीले लुटेराहरुले प्रयोग गरेको हतियारलाई सुन्दरहरैचा ५ स्थित नमुना सामुदायिक वनमा करमको रुखको टोड्काभित्र लुकाएर राखेको अवस्थामा वरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार एक थान एमएमजी, एक थान म्याग्जिन र ६२ राउण्ड गोली वरामद भएको छ । यस्तै, अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन १ थान र गोली २ राउण्ड फेला परेको छ भने थप एक थान कटुवा पेस्तोल र ३०३ राइफलको राउण्ड ४ थान गोली पनि वरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, एमपिआर लेखेको सञ्चार सेट २ थान पनि प्रहरीले वरामद गरेको छ । यसैगरि, घटनामा प्रयोग भएको अटो रिक्सा, मोटरसाइकल, विभिन्न ब्राण्डमा मोवाइल ८ थान र १६ हजार १ सय पनि वरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकल, को ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल, ८ थान मोबाइल र १६ हजार १ सय रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

Tags: #पक्राउ#मोरङसार्वजनिक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.