इटहरी : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्रमा सार्वजनिक गर्ने भएको छ ।
विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो ।
नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहेको परीक्षा नियन्त्रक रुद्र अधिकारीले स्पष्ट गरे ।














Discussion about this post