इटहरी : नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी चयन भएका छन् । शुक्रबार भएको भेलाले केसीको नेतृत्वमा नयाँ कमिटि चयन गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा बालिका भट्टराई, उपाध्यक्षहरुमा दोर्ण न्यौपाने, आरके राई चयन भएका छन् । यस्तै, महासचिवमा भोला बस्नेत, सचिवमा गंगा आचार्य र सहसचिवमा सुरेन्द्र तामाङ चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सन्त डुम्जनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिएका थिए । निर्वाचित अध्यक्ष केसीले इटहरीको दीर्घकालिन हितलाई केन्द्रमा राखेर सृजनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलाको अवसरमा नागरिक सन्देश नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।
नागरिक समाज इटहरीले यहाँको सरोकार र समस्याका विषयमा आवाज उठाउने र खबरदारी गर्ने काम गर्दै आएको छ ।














Discussion about this post