Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
in FEATURE BREAKING, समाचार
0
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

मृतक सागर रेग्मी ।

160
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु भएको छ ।

आज (आइतबार)बिहानको राति करिब २ः५० बजेतिर इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ बालग्राममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी, इनरुवा नगरपालिका–३ का अन्दाजी ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पुष्टि गरे ।

दुर्घटनास्थल, इटहरी वडा नं. ७ र १६ बालग्राम

‘आज बिहानको राति दुःखद् घटना भएको जानकारी आएपछि अहिले हामी अस्पतालमै छौँ,’ अर्यालले टाकुरा न्यूजसँग भने, ‘दुवैजनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा पठाइएको छ । करिब आधा घण्टापछि इनरुवा अस्पतालमा पोस्टमार्टम गर्ने तयारी छ ।’

आफूले पनि उक्त घटना थाहा पाएपछि अपत्यारिलो र विक्षिप्त बनेको प्रजिअ अर्यालले बताए ।

रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत कर्मचारी थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रूपमा कार्यरत थिए । अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करारमा कार्यरत रहेपनि केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३ः२३ बजेतिर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको बिहान ५ः११ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएका थिए । रेग्मी मोटरसाइकल पछाडि सवार थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन
पर्यावरण

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको...

इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन
विविध

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

by रासस
भदौ २८, २०८३
0

झापा : जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान...

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    257 shares
    Share 103 Tweet 64
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    240 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.