इटहरी : भारतको कालिम्पोङका नेपालीभाषी कवि विशाल नाल्बोको शब्दमा रहेको गीत दिन बिताउँछु, रिक्सा कुदाउँछु कुपी क्रियशन युट्युब च्यानलबाट भिडियोसहित सार्वजानिक हुने भएको छ ।
रिक्सा चालकको प्रेम जीवनलाई केन्द्रमा राखेर लेखिएको गीत रहेको नाल्बोले बताए । उनका अनुसार गीतमा रिक्सावालाको प्रेम जीवनलाई भिडियोमा देखाउने प्रयास गरिएको छ ।
भिडियोको प्रमुख पात्रमा रहेको कलाकार बिष्णु मोक्तानले भने स्थानीय स्तरबाट रंगकर्ममा सक्रिय कलाकारहरुलाई भिडियोमा अभिनय गराएर रिक्सावाला र तरकारी ब्यापारीको कथालाई उतार्न खोजिएको गीत केही दिनमा सार्वजनिक हुने बताए ।
गीतमा कलाकार मोक्तान रिक्सावाला तथा तुलसा थापाले सब्जीवालीको भूमिका निर्वाह गरेका छन् । भिडियोमा सुजाता राई, अश्विन सुवेदी, सन्देश दाहालको पनि भूमिका रहेको छ।
गायक कुमार प्रधान (कल्पित) तथा गायिका प्रिया लामा तामाङको आवाजमा गीत तयार पारिएको हो । कुपी क्रियशनको ब्यानरमा निर्माण हुन लागेको म्यूजिक भिडियोको निर्देशन हरि लिम्बूले गरेका छन्।














Discussion about this post