इटहरी : इटहरी १७ मा गएराति भएको दुर्घटनामा मृतकद्वयको पहिचान खुलेको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभाको चिचिला गाउँपालिका घर भइ हाल सुनसरी टेक्निकल कलेजमा अध्ययनरत २० वर्षीय विभिषण सुनार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा दुवै घाइतेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसबेला दुवैको पहिचान खुलेको थिएन ।
ट्रक र चालक मकवानपुर हेटौँडा ९ बस्ने ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।
यो पनि – इटहरीमा मध्यरातमा भयानक दुर्घटना, ट्रकको ठक्करबाट दुईको मृत्यु














Discussion about this post