इटहरी : इटहरी आर्ट एन्ड फाउन्डेसनको प्रस्तुतिमा तयार भएको ‘म त परे परदेशी मान्छे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
तुलसी घिमिरेको स्वर रहेको गीतलाई वसन्त घिमिरेले लेखेका हुन् भने उनकै संगीत रहेको छ । गीतको भिडियोलाई इटहरीमा रहेको इप्पिल्याण्डमा छायांकन गरिएको छ ।
डान्स बिटमा तयार भएको गीतको भिडियोमा ‘इटहरी लिटिल प्रीन्स एन्ड प्रेन्सेस’का बिजेताहरु फिचर्ड रहेका छन् ।
सुवास श्रेष्ठ संकल्पले भिडियो छायांकन गरेका हुन् भने भिडियोलाई गायक तुलसीले नै निर्देशन तथा सम्पादन गरेका हुन् । डान्स कोरियोग्राफी भने चेतना निरौला र सुशील भरवालले गरेका छन् ।
मन्जिल खड्का, नुसाङ श्रेष्ठ, जेस्सी श्रेष्ठ, सुलभ राई, अर्चित भट्टराई, प्रशी लिम्बु, महिमा पौडेल, स्मारिका ठकुरी, अमूल्य भट्टराई र इशान कोइरालाको अभिनय रहेको भिडियोलाई तुलसी घिमिरे अफिसियल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
भिडियो
https://www.youtube.com/watch?v=UlmuCnr1QVI














Discussion about this post