खोटाङ : खोटाङको दिप्रुङ–चुईचुम्मा २ की ६२ वर्षीया लीलादेवी देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अुनसार बिहीबार दिउँसोको समयमा घर नजिकै रहेको भोर्लाको रुखमा पात टिप्ने क्रममा लडेर उनको मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post