मोरङ : मोरङ कारागारबाट एकैदिन चौकीदारसहित १४ जनालाई जेल सरुवा गरिएको छ ।
कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भएर झडपको अवस्था आएपछि ५ जनालाई सुनसरीको झुम्का र ९ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो ।
निमित्त जेलर रामप्रसाद पोखरेलले मंगलबारको झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइ नाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको जानकारी दिए ।
कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु राईलाई झापा जिल्ला कारागार पठाइएको जेलर पोखरेलले जानकारी दिए ।
चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको पोखरेलले बताए ।
चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच आज बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका छन् ।
मोरङ कारागारमा हाल ८९७ जना कैदीबन्दी रहेका छन् ।














Discussion about this post