इटहरी : सुनसरीमा आएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही शक्ति बाहिर आएको बताएका छन् ।
शुक्रबार (आज) सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए ।
नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको समेत उनको भनाई थियो । म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्छ । उनले भने, ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने बट् चनाखो रहनुपर्छ।’
अध्यक्ष नेपालले चतरा धाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको बताए । मन्दिरले भरिएको देश नेपालमा विश्वका हिन्दु धर्मावलम्बीलाई दर्शन गर्ने भावना जगाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।














Discussion about this post