Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयर द्वारिकलाल चौधरी नेकपा एसमा जाने हल्लाले एमालेमा तरङ्ग, माधव नेपाल र राजेन्द्र राईलाई घरमै भोज !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेयर द्वारिकलाल चौधरी नेकपा एसमा जाने हल्लाले एमालेमा तरङ्ग, माधव नेपाल र राजेन्द्र राईलाई घरमै भोज !
534
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमालेबाट निर्वाचित भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लाले एमालेमा तरङ्ग भएको छ ।

शुक्रबार (आज) नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नेकपा एसका नेताहरूलाई घरमै खानपिनको कार्यक्रम राखेपछि एमाले इटहरीमा तरङ्ग भएको हो । चौधरीलाई भेट्नका लागि नेता नेपाल र राई उनकै घरमा पुगेका थिए । घरमै शुक्रबार बिहानको ‘लन्च’ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएसँगै एमालेमा तरङ्ग छाएको नेताहरू बताउँछन् ।

‘पाहुनालाई घरमै स्वागत गर्नु कुनै अनौठो कुरा त होइन, तर एमाले सुनसरीको विवाद रहेकाले अहिले नेकपा एसका नेताहरूलाई घरमै लन्च राखिनुले तरङ्ग भएको छ,’ एमाले इटहरीका एक नेताले भने, ‘दसैंको शुभकामना आदानप्रदान सँगै गत कार्तिक ६ गते एमाले अध्यक्ष ओली मेयर चौधरीको घरमा आउने कार्यक्रम भएपनि उहाँ आउनुभएन ।’

ती नेताका अनुसार एमाले अध्यक्ष केपीशर्मा ओली गत कार्तिक ६ गते मेयर चौधरीकहाँ खाना खाने कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रममा आउने भनिएपनि उनी आएका थिएनन् । यस्तै, गत बुधबार मात्रै मेयर चौधरीले इनरुवामा एमालेको बैठक चलिरहेको समयमै माइक समेत खोसेका थिए ।

नेकपा एमाले सुनसरीमा गत २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादमा उनले माइक खोसेका थिए ।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएपछि दुवैजनालाई व्याक गरेर पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेको समयमा अवैधानिक कमिटि र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको भन्दै उनले माइक खोसेको बताएका थिए । सोही दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले सुनसरीमा नेकपा एमाले पार्टी कम्पनीजस्तो भएको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।

यसअघि एकीकृत समाजवादीका १ नम्बर प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग पनि भेटघाट गरेर उनकै घरमा खानपिनको कार्यक्रम राखेको तस्वीर तथा भिडियो उनै मेयर चौधरीले सार्वजनिक गरेका थिए ।

यद्यपि, कतिपय एमाले नेताहरूले भने शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको केहीदिनमै बालुवाटारमै गएर भेटघाट समेत गरेका कारण मेयर चौधरीमा राजनीतिक संस्कार भएकाले नेकपा एसमा जाने हल्लामात्रै भएको तर्क राख्दै आएका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    374 shares
    Share 150 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.