इटहरी : नेपाली कांग्रेस सुनसरी जिल्लाको आइतबार भएको मतदान सकिएको छ ।
इनरुवामा आइतबार (आज) भएको मतदान साँझ सकिएको हो । मतदान अधिकृत उत्तम पौडेलका अनुसार कुल २,९१८ मतदातामध्ये २,७७४ मत खसेको छ । सुनसरीका चारवटै क्षेत्रबाट कुल २,७७४ मत खसेको उनले बताए ।
सुनसरी क्षेत्र नं. १ (क) मा रहेका ३९४ मतदातामध्ये यकिन मत कति खसेको भन्ने नखुलेको उनले बताए ।
‘भीड भएका कारण बुथ नं. १ मा बर्जु र हरिनगर गाउँपालिकाको पनि केही मत खसेका कारण क्षेत्र नं. १ बाट कति मत खस्यो भन्ने खुलेको छैन,’ पौडेलले टाकुरासँग भने, ‘भर्खरै मतदान सकिएको छ, अब बैठक बसेर १० बजेपछि मतगणना सुरू गर्ने तयारी गरेका छौं ।’
उनका अनुसार १ (क) बाट बर्जु र हरिनगरको केही मतसहित ४४०, क्षेत्र नं. १ (ख) बाट २६८ मत खसेको छ । यस्तै, क्षेत्र नं. २ (क) बाट ३०३, क्षेत्र २ (ख) बाट ४५३ मत खसेको छ । यस्तै, क्षेत्र ३ (क) बाट ३४८ र क्षेत्र ३ (ख) बाट ३१८ मत खसेको छ ।
यता, क्षेत्र नं. ४ (क) बाट ३०६ मत खसेको छ भने क्षेत्र ४ (ख) बाट ३३८ मत खसेको मतदान अधिकृत पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिले बैठक चलिरहेकाले बैठकपश्चात आजै राति १० बजे पछिबाट मतगणना गर्ने तयारी भइरहेको छ ।














Discussion about this post