इटहरी : राजश्व नतिरी कवाडी सामान बोक्ने ट्रकलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शुक्रबार इटहरी ६ स्थित पूर्व–पश्चिम राजमार्गको बूढीखोला पुल नजिकै झापाबाट कवाडी सामान लोड गरी आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
लु २ ख ४८८८ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ट्रक चालकले तत्काल उपलब्ध गराएको पान बिलमा पुरानो कवाडीको फलामका सामान १५ हजार चार सय ७० किलो तौल रहेको कवाडी बोकेको सामानसहित पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिए ।
उनका अनुसार आठ लाख चार हजार चार सय ४० रुपैँया उल्लेख गरेको पान बिल पाइएको हुदाँ उक्त कवाडी सामान पान बिलमा कारोबार गरी राजश्व छली गरेको शंका लागेकोले नियन्त्रणमा लिइएको हो ।
ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानको आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीमा अबैध रूपमा गिट्टी–बालुवा चोरी गर्ने सातवटा ट्याक्टरसहित चालक पक्राउ














Discussion about this post