संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका १ भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना वालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सभापोखरी गाउँपालिका २ का फत्तेमान राईको छोरा ११ वर्षिय निशान राई रहेका छन । हिजो बेलुकी साढे ५ बजे प्रदेश १–०२–००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ।














Discussion about this post