विराटनगर : नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थी संगठनहरूको सहयोगमा पीडित विद्यार्थीहरूले बुधबार तालबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
नाराबाजी गर्दै आएका विद्यार्थीहरूलाई कलेज प्रशासनले सुरक्षा गार्ड प्रयोग गरेर कलेज प्रवेशमा रोक लगाएपछि केहीबेर दोहोरो झडप भएको थियो ।
आन्दोलन संघर्ष अभियानका संयोजक मनिष भट्टराईका अनुसार प्रतिकारमा उत्रिएका विद्यार्थीहरूले कलेजको माथिल्लो तल्लामा प्रवेश गर्ने उत्तर र दक्षिण दुवैपट्टीको चेनगेट भत्काएर पाँचौं तल्लामा रहेको प्रशासन भवनमा प्रवेश गरेका थिए ।
सुरक्षा गार्डको प्रतिकारमा उत्रिएका विद्यार्थीहरूले प्रशासनमा रहेका सबै कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् ।











Discussion about this post