इटहरी : सवारी ज्यान मुद्दाका फरार प्रतिवादी इटहरीका राजेश कुमार उराउलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार २०७७।०३।२८ गते राति इटहरी ५ स्थित महेन्द्र राजमार्गमा को ३४ प ९५६ नम्बरको मोटरसाइकललाई को १ त ६०३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्र तवदार उपचारको क्रममा मृत्यु भएको थियो ।
सवारी ज्यान मुद्दामा तत्काल घटनास्थलवाट भागेर फरार रहेका उक्त नम्बररको ट्याक्टर चालक राजेश कुमार उराउलाई खोजतलास गर्ने क्रममा इटहरी ४ मिलन चौकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बडाइएको प्रहरी निरीक्षक कटवालले जानकारी दिए ।












Discussion about this post