खोटाङ : खोटाङको रावाबेशी गाउँपालिका ५ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बुधबार (आज) बिहान ९ बजे ढुंगा बोक्न जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सोही स्थानका रोशन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरबाट लड्दा चक्काले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर र चालक रावाबेशी ३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post