इटहरी : घाँस झार्ने क्रममा रुखबाट लडेर सुनसरीको बराहक्षेत्रमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका २ पुनरबासका ३५ वर्षीय उज्वल लुइँटेल रहेका छन् ।
इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पांडव कुमार राजवंशीका अनुसार घाँस काट्न जंगलमा पुगेका उनको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
घटनाको सूचना पाएसंगै घटनास्थल पुगेको प्रहरी टोलीले शवको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
मृतकको बिहिबार (आज) चतरास्थित आर्यघाटमा दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post