इटहरी : आफ्नी कान्छी श्रीमती अर्कै केटासँग लागेको थाहा पाएपछि बहराइनमा रहेका दिनेश सिग्देल कसैलाई थाहा नदिइ गत पुष २० गते नेपाल आए ।
नेपाल आएको भोलिपल्ट पुष २१ गते कोठाभाडामा बस्दै आएकी श्रीमतीलाई भेट्न विराटनगर आएका उनको श्रीमतीलाई भेटेको एकदिनमै बीभत्स हत्या भयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार २१ गते कान्छी श्रीमती ३० वर्षीया अनिता केसीसँग विराटनगरको फेमिली होटलमा बास बसे । मादक पदार्थ सेवन गर्दै आएका सिग्देलले २२ गते साँझ मादक पदार्थ सेवन गरेपछि श्रीमतीसँग सामान्य भनाभन भयो ।
प्रहरी अनुसन्धानका अनुसार २२ गते राति विराटनगरकै फेमेली होटलमा बास बसेका अनिता र दिनेशकै कोठामा अनिताका प्रेमी सरोज भण्डारी आए । भण्डारी सोही कोठामा आएर सुत्ने खाटमा बसेका दिनेशसँग सामान्य कुरा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो क्रममा सरोजले साथमै लिएर आएको गलबन्दीले दुवैजना (अनिता र सरोज) भएर दिनेशको घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।
सामान्य भनाभनकै क्रममा अनिताले आफ्ना प्रेमी विराटनगर महानगरपालिका ४ का २९ वर्षीय सरोज भण्डारीसँग मिलेर श्रीमान (दिनेश) को बीभत्स हत्या गरेको खुलेको छ । ‘दिनेश रक्सी धेरै पिउने भएकाले झगडा सुरु भएछ,’ एसपी थापाले भने, ‘पुष २२ गते राति विराटनगरकै एक होटलमा हत्या भएछ ।’
गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र फेला परेको शव दिनेशको रहेको खुलेपछि सुनसरी प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । एसपी थापाका अनुसार धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रमा दुई दिनमा बीभत्स अवस्थामा जेब्रा झोलाभित्र फेला परेको शव इलाम बाँझो १ घर भएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुलेसँगै घटनाले नया मोड लियो ।
शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भए स्थायी इलाम घर भएपनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर ४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाका अनुसार अनिता र सरोजले ‘ग्राण्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ । त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।
कसरी भयो हत्या ?
इलाम बाँझो १ स्थायी बतन भइ हाल विराटनगर महानगरपालिका वडा नं ३ स्थित पीपल चोकमा कान्छी श्रीमती अनितासहित कोठाभाडामा बस्दै आएका दिनेश बहराइनबाट छुट्टीमा आएका थिए ।
प्रहरी अनुसन्धानका अनुसार २२ गते राति विराटनगरकै फेमेली होटलमा बास बसेका अनिता र दिनेशकै कोठामा अनिताका प्रेमी सरोज भण्डारी आए । भण्डारी सोही कोठामा आएर सुत्ने खाटमा बसेका दिनेशसँग सामान्य कुरा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो क्रममा सरोजले साथमै लिएर आएको गलबन्दीले दुवैजना (अनिता र सरोज) भएर दिनेशको घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।
‘पुष २२ गते राति हत्या गरी शव सोही कोठामा राखेर त्यसदिन दुवैजना बाहिर बसेका रहेछन्,’ उनले टाकुरासँग भने, ‘२३ गते बिहान स्थानीय पसलबाट ग्रेण्डर मेसिन र २ थान जेब्रा झोला र पोलिथिन झोला खरिद गरी ल्याई दुवै जनाले शव व्यवस्थापन गर्न ग्रेण्डर मेसिन, खुकुरीको सहायताले मृतक लावको घाँटीमा काटेर टाउको र दाहिने तिघ्राको भाग काटेर अलग गराई टाउको र तिघ्राको भाग एउटा झोलामा र शरीरको भाग अर्को झोलामा हालेको खुलेको छ ।’
उनका अनुसार शरीर टुक्रा–टुक्रा पारेर जेब्रा झोलामा हालेपछि दिउँसो २ बजेको समयमा टेम्पोमा धरान ४ स्थित आँपगाछी बन क्षेत्रमा ल्याएर फालेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाका अनुसार अनिता र सरोजले ‘ग्राण्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ । त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।
निर्मलाले सोमबार आफ्ना श्रीमानको हत्या भएको थाहा पाएपछि मंगलबार धरानस्थित इलाका प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । उनका अनुसार दिनेशले करीब १० वर्षअघि अनितासँग बिहे गरेका थिए । अनितापट्टी आठ वर्षकी छोरी समेत रहेको उनले बताइन् ।
सिटी सफारी चलाउदै आएका आएका सरोज भण्डारीको विवाह भइ १ छोरी रहेको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि बहराइनमा बस्ने र आउने जाने गरेको कारण उनका कान्छी श्रीमती अनिता केसी सरोज भण्डारी बीच करीब ६ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार राति विराटनगरमै ‘सर्च’ गर्ने क्रममा पक्राउ गरेको र मंगलबार साँझ सार्वजनिक गरिएको हो ।
यसरी भयो शवको पहिचान
बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीलाई शवको पहिचान गर्न सुरुमा निकै कठिन भयो । तर, शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो ।
प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो ।
सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।
मृतकका बुबा हाल झापा शिबसतासी ११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतकको दुई श्रीमतीमध्ये जेठी श्रीमती निर्मला सिग्देललाई प्रहरीले मृतकको तस्वीर देखाएपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
मृतक सिग्देलकी जेठी श्रीमती निर्मलाले श्रीमानको मृत्यु भएको गत सोमबार मात्र बहराइनमा कार्यरत आफन्त पर्नेबाट जानकारी पाएको बताइन् । उनी दुई महिनाअघि मात्र कतारको वैदेशिक रोजगारबाट नेपाल फर्केकी थिइन् ।
निर्मलाले सोमबार आफ्ना श्रीमानको हत्या भएको थाहा पाएपछि मंगलबार धरानस्थित इलाका प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । उनका अनुसार दिनेशले करीब १० वर्षअघि अनितासँग बिहे गरेका थिए । अनितापट्टी आठ वर्षकी छोरी समेत रहेको उनले बताइन् ।
यसअघि शवको सनाखत हुन नसक्दा संघीय प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानले स्केच तयार पारेर शवको पहिचानका निम्ति अपिल गरेको थियो ।
यो पनि – धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक
यो पनि – धरानको जंगलमा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुल्यो
यो पनि – धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी
यो पनि – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला

Discussion about this post