धरान : धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार जेब्रा झोलामा मान्छेको टाउको र खुट्टा भेटिएको हो ।
धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले दिएको जानकारी अनुसार बुधबार दिउँसो आँपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका मानिसले जेब्रा देखेपछि टाउको र खुट्टा फेला पारेका थिए ।
उनका अनुसार शवको पहिचान भएको छैन । घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको देखिन्छ ।
घटनास्थलमा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ ।
घटनाबारे मुचुल्का उठाएर परीक्षणको लागि पठाइएको धरानका डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । गम्भीर प्रकृतिको घटना भएकाले आफूहरूले सुक्ष्म ढंगबाट अनुसन्धान सुरु गरेको उनले बताए ।
















Discussion about this post