इटहरी : इटहरीमा सडकमा भेटिएका कुकुरको बन्ध्याकरणको अभियान सञ्चालन गरिएको छ ।
उपमहानगरपालिकाले सडकमा भेटिएका कुकुरको बन्ध्याकरण सँगै रेबिज विरूद्वको खोप लगाएर पुनः सडकमै छाड्ने अभियान सञ्चालन गरिएको हो ।

उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गा श्रेष्ठका अनुसार आज (शुक्रबार) बाट इटहरीका विभिन्न ठाउँका सडकमा भेटिएका कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण तथा रेबिज विरूद्वको खोप अभियान सञ्चालन गरिएको हो ।
भाले र पोथी दुवैलाई बन्ध्याकरण गरी छाडिएकाले थप सन्तान वृद्धि रोकिने उनले बताए ।

तीनदिनसम्म सञ्चालन हुने अभियानमा करीब दुई सय बढी कुकुरको बन्ध्याकरण र रेबिजको सुई लगाइने उनको भनाई छ । जुन ठाउँबाट कुकुरको नियन्त्रण हुन्छ, पछि सोही ठाउँमा लगेर छाडिने उनले बताए ।














Discussion about this post