ओखलढुङ्गा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा आइतबार (आज) जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका ३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
माम्खाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइहेको छ ।














Discussion about this post