इटहरी : मोरङको सुन्दरहरैँचा ७ मा १८ महिने बालिकाको शंकास्पद मृत्यु भएको छ ।
शुक्रबार साँझ घरबाट हराएकी १८ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी बालिकाको शंकास्पद मृत्यु भएको हो । विराटनगरको नोबेल अस्पतालमा उपनको आज (शनिबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएको प्रहरीले जनाएको छ ।
घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनर्दन जिसीले जानकारी दिए ।
मृतकको धरानस्थित वीपी प्रतिष्ठानमा शव पोस्र्टमाटमा लागि लगिएको र रिपोर्ट आएपछि घटनाबारे थप कुरा खुल्ने उनले बताए ।
घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।














Discussion about this post