इटहरी : इटहरीमा रहेको प्रिमियर ग्लोबल स्कुलमा विद्यार्थीलाई उत्साह प्रदान गर्ने उदेश्यले ‘मिस्टर एण्ड मिस प्रिमियर’ कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबीच यहाँका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रष्फुटन गरे ।
कार्यक्रममा मिस्टर प्रिमियर अभिनास चौलागाईँ भए । यस्तै, द्वितीय विधिजङ्ग बस्नेत र तृतीय मञ्जिल खतिवडा भए । यस्तै, मिस प्रिमियर सुजना दाहाल भइन् । यस्तै, द्वितीय श्रृङ्खला राई भइन् भने तृतीय अर्चना विश्वकर्मा भइन् ।
कार्यक्रममा निर्णायकको रूपमा प्रमिशा श्रेष्ठ, कृति श्रेष्ठ, मेरिना तुम्सा लिम्बू र सौरभमान भण्डारी थिए ।
विद्यालयका प्रिन्सिपल सुवास लुईँटेलका अनुसार बिगत एक महिनादेखि विभिन्न विधामा प्रतियोगिता गरिदैँ आएको र शनिबार ग्राण्ड फिनाले कार्यक्रमको आयोजना गरिएको बताए ।
‘१७ जना सहभागी विद्यार्थीहरूले कार्यक्रममा प्रतिभा देखाएका थिए,’ उनले भने, ‘यहीँ अध्ययन गर्ने नव विद्यार्थीहरूले आफ्ना प्रस्तुति देखाएका हुन्, उनीहरूलाई सकारात्मक रूपमा उत्साह प्रदान गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’ उनका अनुसार गतवर्षदेखि सो कार्यक्रमलाई निरन्तरता दिईँदै आइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सीताराम मेहताले विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्नु सकारात्मक रहेको बताए ।
उनले भने, ‘शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अहिले मुलुक अगाडि बढिरहेको छ, यस्ता कार्यक्रमले पनि धेरै प्रभाव पार्छ ।’ उनले विद्यालयमा प्रयोगात्मक सिकाईसँगै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता पर्ने बताए ।
कलेजका सिइओ सुनिलकुमार भुसालका अनुसार उत्कृष्ट मध्यका उत्कृष्ट छान्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
‘म्यानेजमेन्टको अध्यापन सँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उदेश्यले यो कार्यक्रमको आयोजा गरिएको हो,’ उनले भने ।














Discussion about this post