प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ ।
आइबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर)बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सुचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमुना परीक्षण भएको छ भने पिसिआरबाट १ हजार ५ सय ५६ जनाको परीक्षण भएको छ ।
Discussion about this post