Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर धरानमा शव फाल्ने कारागार चलान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १०, २०७८
in समाचार
0
प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर धरानमा शव फाल्ने कारागार चलान
465
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको हत्यामा संलग्नलाई कारागार चलान गरिएको छ ।

आफ्नै श्रीमानको प्रेमीसँग मिलेर हत्या गरी धरान ४ स्थित धरान–भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फाल्नेलाई सुनसरी जिल्ला अदालतले कारागार चलान गरेको हो ।

दिनेश सिग्देलको हत्यामा संलग्न उनकै कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

सो घटनामा संलग्न भएका शव व्यवस्थापनमा साथ दिने ट्याम्पो चालक स्थायी ठेगाना गौरदह नगरपालिका ४ धिमधिमे र हाल अस्थायी रुपमा विराटनगर महानगरपालिका ४ खार्जी बस्दै आएका ३२ वर्षीय खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

उनले शव व्यवस्थापन गर्न विराटनगर देखि भेडेटारसम्म ल्याउन सहयोग गरेको भन्दै अदालतले ५ लाख धरौटी तोकेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसक्दा ट्याम्पो चालक खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको थियो ।

प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेका थिए ।

यो पनि – प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर यसरी फालियो धरानको जंगलमा शव

यो पनि – धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

यो पनि – धरानको जंगलमा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुल्यो

यो पनि – धरानमा बीभत्स अवस्थामा फेला परेको शवको पहिचान अझै खुलेन, सुनसरी प्रहरीद्वारा हुलियाको स्केच सार्वजनिक

यो पनि – धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी

यो पनि – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला

 

Tags: #हत्याअपराधकारागारकारागार चलान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    482 shares
    Share 193 Tweet 121
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.