इटहरी : गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको हत्यामा संलग्नलाई कारागार चलान गरिएको छ ।
आफ्नै श्रीमानको प्रेमीसँग मिलेर हत्या गरी धरान ४ स्थित धरान–भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फाल्नेलाई सुनसरी जिल्ला अदालतले कारागार चलान गरेको हो ।
दिनेश सिग्देलको हत्यामा संलग्न उनकै कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
सो घटनामा संलग्न भएका शव व्यवस्थापनमा साथ दिने ट्याम्पो चालक स्थायी ठेगाना गौरदह नगरपालिका ४ धिमधिमे र हाल अस्थायी रुपमा विराटनगर महानगरपालिका ४ खार्जी बस्दै आएका ३२ वर्षीय खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
उनले शव व्यवस्थापन गर्न विराटनगर देखि भेडेटारसम्म ल्याउन सहयोग गरेको भन्दै अदालतले ५ लाख धरौटी तोकेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसक्दा ट्याम्पो चालक खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको थियो ।
प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेका थिए ।
यो पनि – धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक
यो पनि – धरानको जंगलमा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुल्यो
यो पनि – धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी
यो पनि – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला














Discussion about this post