इटहरी : मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दाजुभाइलाई जिल्ला अदालत मोरङले मंगलबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गणेशपुरकी १८ महिने बालिकाको फागुन २८ गते घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।
अनुसन्धानको क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेकाले प्रहरीले सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लिएको थियो । अजय र मिथुन सहोदर दाजुभाइ हुन् ।
गाँजा र मादक पदार्थ सेवन गरेपछि आँगनमा खेलिरहेकी बच्चीलाई झाडीमा लगेर बलात्कार गरिएको र त्यसपछि बियरको बोतलले टाउकोमा हानेर हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश शिशिरराज ढकालको इजलसले मंगलबार अजय र मिथुनलाई थुनामा राखेर पुर्पक्ष गर्न कारागार चलानको आदेश दिएको अदालतका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
पीडित पक्षले अजय र मिथुनलाई आजीवन कैदको माग गरेका छन् ।
श्रेष्तेदार राणाले भने गम्भीर प्रकारको अपराध गर्ने र तीन वर्षभन्दा माथि जेल सजाय हुने प्राय सबै मुद्दाका अभियुक्तलाई कारागार थुनामा राखेर पुर्पक्ष गर्ने कानुनी प्रावधानका अनुसार न्यायाधीश ढकालको इजलासले उक्त आदेश दिएको हो ।
यो पनि – मोरङको सुन्दरहरैँचामा १८ महिने बालिकाको शंकास्पद मृत्यु
यो पनि – डेढ वर्षीया बालिकालाई झाडीमा लगेर दुई जनाले बलात्कार गरेपछि बियरको बोतलले हानेर हत्या














Discussion about this post