इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्याको आरोपमा प्रहरीले दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार आइतबार (आज) दिउँसो पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
एसपी जिसीका अनुसार उनीहरूले शुक्रबार साँझ गाँजा सेवन गरेर बालिकामाथि बलात्कार गरेको खुलेको छ । बलात्कारपछि उनीहरूले सिसाको बोत्तल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेका थिए ।
घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित शनिबार बिहान १ बजेतिर नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
घटनास्थलमा बालिकाको सुरुवाल खुल्लै रहेको र टाउकोको दायाँ बायाँ सुन्निएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ती बालिकाको योनीमा रगत जस्तो देखिने पदार्थ देखिएको थियो ।
उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटना अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरीको आरआइटीको संयुक्त अनुसन्धान टोली खटिएको थियो ।














Discussion about this post