Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी गोल्डकप : आर्मी र सगरमाथा क्लब भिड्दै, कसले मार्ला बाजी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २५, २०७८
in खेलकुद, समाचार
0
इटहरी गोल्डकप : आर्मी र सगरमाथा क्लब भिड्दै, कसले मार्ला बाजी ?
156
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङबीच भिडन्त हुँदैछ ।

इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि भिडन्तअघि शुक्रबार दुवै टिमका प्रशिक्षक र कप्तानले ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै आफूहरूले खेल जित्ने दाबी गरे ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँका प्रशिक्षक नवीन न्यौपानेले सगरमाथा क्लबको राम्रो खेल रहेकाले चुनौती सामना गर्न कठीन हुनेभएपनि गोल्डकपको उपाधि जित्ने बताए ।

‘मोरङको टिमले मनाङ–मस्र्याङ्दी टिमलाई पराजित गर्दै फाइनलमा आएको छ,’ उनले भने, ‘यो टिम अब्बल रहेकाले हामीले रणनीतिक तरिकाले खेल खेल्ने तयारी गरेका छौँ, खेल रोमाञ्चक हुनेछ ।’

आर्मीका टिम कप्तान भरत खवासले धेरैजसो ठाउँमा आफूहरूले फाइनल खेल खेलिरहेकाले जित निश्चित जस्तै रहेको दाबी गरे ।

‘हामीले धेरैजसो ठाउँमा फाइनल खेलिरहेका छौँ, यहाँ पनि खेल्नका लागि दबाब छ,’ उनले भने, ‘सगरमाथा क्लबलाई म्याच जित्न गाह्रो छ, तर फाइनल जित्ने लक्ष्यका साथ रणनीति अपनाएर खेल खेल्ने तयारी गरेका छौँ ।’

उनले सगरमाथा क्लब आफ्नै ठाउँको क्लब रहेकाले चुनौती सामना गर्न कठीन रहेको बताउँदै फाइनल खेलले नयाँ अनुभव हुने सुनाए ।

यता, सगरमाथा युथ क्लबका प्रशिक्षक युवेन गुरुङले आफूहरू फाइनलसम्म पुग्नु नै जित रहेको बताए ।

उनले भने, ‘हामीले अनपेक्षित रुपमा फाइनल खेल तय गरेका छौँ, खेल जित्नका लागि निकै कठीन छ, तरपनि राम्रो तरिकाले खेल्नेछौँ ।’ उनले आर्मीलाई जित्नका लागि निकै कठीन रहेको भएपनि खेल जित्नका लागि केही ‘प्रि प्लान’ गरिराखेको बताए ।

यस्तै, सगरमाथाका टिम कप्तान अशोक खवासले फाइनलमा पुग्नका लागि तय गरेको यात्राले मनोबल बढेकाले खेलको उपाधि जित्ने बताए ।

उनले भने, ‘फाइनलमा पुग्नका लागि जसरी मनोबल बढ्यो त्यही मनोबलले नै हामी यो उपाधि जित्छौँ भन्ने विश्वास छ ।’ उनले आफूहरूलाई दर्शकको साथ भएकाले पनि उत्सुक रहेको बताउँदै राम्रो खेल्ने विश्वस्त दिलाए ।

यसअघि झापा गोल्डकपको बिजेता समेत रहेको आर्मीको सम्भावना उच्च रहेपनि मोरङको स्थानीय क्लब सगरमाथामा ए डिभिजन लिग खेलेका खेलाडीको वर्चश्व रहेकाले खेल रोमाञ्चक हुनेछ ।

यसअघि गोल्डकपको उद्घाटन खेलमा आर्मीले आयोजक राष्ट्रिय जागृति क्लब र रोलिङ क्लब झापालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस्तै, सगरमाथा क्लबले ए डिभिजनको न्यूरोड टिम (एनआरटी) र मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

आयोजक राष्ट्रिय जागृत क्लबका सचिव केशव कार्कीका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको स्कुटर प्रदान गरिनेछ भने इटहरीका उदयीमान खेलाडीलाई ४० इन्चको एलइडी टिभी प्रदान गरिनेछ ।

यस्तै, बेस्ट गोलकिप्पर, बेस्ट कोच, बेस्ट मिल्ड फिल्टर, बेस्ट फरवार्ड र बेस्ट हाइस्कोररलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरिने कार्कीले बताए ।

शनिबार इटहरी रंगशालामा हुने फाइनल खेलको बिजेताले नगद सात लाख र उपबिजेताले नगद तीन लाख ५० हजार रुपैँया हात पार्नेछन् ।

 

Tags: #खेलकुदइटहरी गोल्डकपराजा क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.