खोटाङ : खोटाङ दिप्रुङ–चुईचुम्मा गाउँपालिका ७ मा बिद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागि एकजनाको मृत्यु भएको छ ।
उदयपुरबाट खोटाङको दिलैचि मात्तिम बिर्तातर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको छतमा चढेर यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउँपालिका ४ का २६ वर्षीय प्रताप खड्काले बिद्युतको नाङ्गो तारमा अचानक चुँदा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।
प्रहरीले बस चालक उदयपुर त्रियुगा नगरपालिका १२ का यमराज कटुवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।












Discussion about this post