ओखलढुङ्गा : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ हर्कपुरस्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा तीनजना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बुधबार (आज) बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगरतर्फ आउँदै गरेको बा १७ च १०९४ नम्बको डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरेर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की, प्रहरी जवान मानिक राजवंशी र प्रहरी जवान रुपन बिष्ट रहेका छन् ।
दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post