इटहरी : इटहरीबाट हराएका दुईजना बालक सिराहामा भेटिएका छन् ।
गत चैत ३० गतेदेखि हराएका दुईजना बालक सिराहाको बस्तीपुरमा भेटिएका हुन् ।
इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लक्कीबिक्रम साह बेपत्ता भएका थिए ।
विद्यालयमा परीक्षा दिन गएका उनीहरू दुवैजना परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि परिवारले याचना गरेपछि उनीहरूलाई सिराहामा फेला पारिएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेका अनुसार इलाका प्रहरी कार्यालय इटहरीका प्रतिनिधि, अभिभावकसहित आफूहरूले सिराहाबाट ल्याइएको उनले बताए ।
यो पनि – इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक ६ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको याचना
यो पनि – इटहरीमा परीक्षा दिएर घर फर्किएका बालक हराए, खोजी गरिदिन परिवारको अपिल














Discussion about this post