इटहरी : इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत एउटै कक्षामा दुई बालक बेपत्ता भएका छन् ।
इटहरी २ देवीथानका १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लक्कीबिक्रम साह ६ दिनदेखि बेपत्ता भएका हुन् ।
विद्यालयमा परीक्षा दिन गएका उनीहरू दुवैजना हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि परिवारले याचना गर्न थालेका छन् ।
बेपत्ता रञ्जित निरौलाकी आमा रचना निरौलाका अनुसार गत चैत २९ गतेदेखि बेपत्ता भएका उनीहरूको खोजीका लागि ३० गते नै इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएपनि हालसम्म पत्ता नलागेपछि खोजीकार्यका लागि याचना गरेका हुन् ।
बेपत्ता लक्कीकी दिदी कृष्टिना ठकुरीका अनुसार परीक्षा दिन गएका उनीहरूको परीक्षा १२ बजे नै सकिने भएपनि साँझसम्म घर नफर्किएपछि खोजीका लागि पहल गरिएको थियो ।
अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन् ।
यो पनि – इटहरीमा परीक्षा दिएर घर फर्किएका बालक हराए, खोजी गरिदिन परिवारको अपिल














Discussion about this post