इटहरी : माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा ८ बजेदेखि सुरु हुन गइरहेको छ ।
यस वर्ष एसईईमा कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी एसइईमा सहभागी भइरहेका छन् ।
सामान्यतर्फ ११ हजार ६ सय १५ विद्यालय र प्राविधिकतर्फ २ सय ९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन् ।
शैक्षिक वर्ष २०७६ र २०७७ मा कोरोना संक्रमणका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।














Discussion about this post