इटहरी : इटहरीमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले आफनो पहिलो प्राथमिकता बाढी कटान र डुबान नियन्त्रण हुने बताएका छन् ।
पानी पर्नेबित्तिकै इटहरीमा डुबानको समस्या हुने भएकाले यसको दीर्घकालीन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक कदम चालिने बताए ।
उनले भने, ‘म आफैँ पनि बाढी पीडित हुँ, घरमा बाढी पस्दा हुने समस्या तपाईले जस्तै मैले पनि भोगेको छु, त्यसैले यो समस्या समाधानका लागि लागि पर्नेछु ।’
नगरवासी र विज्ञहरूको सल्लाह बमोजिम नै आफूले सकारात्मक काम गर्ने उनको भनाइ छ । उनले इटहरीका सबै खोलानालाहरूको गुरुयोजना बनाई पानी निकासको व्यवस्था गरिने बताए ।
यस्तै, ट्याङग्रा खोला डाइभर्सजनसहित बजार क्षेत्रको ढल निकास समस्या समाधान हुनेमा ढुक्क रहन आग्रह गरे ।














Discussion about this post