इटहरी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको जवाफ फर्काएका छन् ।
सोमबार इटहरीमा लोकतान्त्रित गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले ओलीप्रति इङ्गित गर्दै भने, ‘तपाईँहरू एक क्वीन्टल नै हो, हामी तोला हौँ, कमरेडलाई थाहा नहोला, तर बजारलाई थाहा छ, तोलाको मूल्य ।’
नेकपा एमाले एक क्वीन्टलको आलु भएको र आफूहरू एक–एक तोलाको पाँच तोला सुन भएको उनको तर्क छ ।
उनले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको उदृत गर्दै भने, ‘तालमेल बिना जिन्दगी त बन्दैन, राम्रो गायकले गीत त गाउन सक्दैन, राम्रो संगीतकारले संगीत भर्न सक्दैन, साहित्यमा तालमेल भएन भने कविता बन्दैन, प्रकृतिले तालमेल नगरे ईन्द्रेणी बन्दैन ।’
उनले अहिलेको तालमेल समयको आवश्यक रहेको तर्क गरे ।
‘मत दिनुभन्दा अगाडि एकपटक उम्मेदवारलाई प्रश्न गर्नुहोला,’ उनले युवालाई लक्षित गर्दै भने, ‘स्वास्थ्यका कुरा उठिरहँदा कोरोनाकालमा ओली कमरेडले अम्बाको पत्ता खाउ निको हुन्छ भन्नु कति उचित ?’
उनले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कुरामा कांग्रेसले नेतृत्व गरेको गठबन्धन स्पष्ट रहेको बताए ।














Discussion about this post