विभिन्न प्रकरणमा देशभर पटक–पटक चर्चामा आइरहने इटहरीका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा मुछिएका छन् ।
केही दिन अगाडि मात्रै इटहरी १७ मा लकडाउनको बेला महिला मात्र बस्ने घरमा गएर मादक पदार्थ सेवन गरेको भन्दै स्थानीयबासीले आपत्ती जनाएपछि हंगामा भएको थियो ।
सोही घटनाको इतिबृतान्त सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्ने इटहरी–५ बस्ने स्थानीय तारा पोखरेललाई मेयर चौधरीले फोन गर्दै धम्की दिएको अडियो सार्वजनिक भएको छ ।
मेयर चौधरीले पटक–पटक तेरो बुढिको पोइ भनेको स्निन्छ ।
के बोलेको खोइ बोलेको भन्ने सवालमा मेयर चौधरीले धम्की दिदै पोखरेललाई तेरो बुढिलाई भोलि अपहरण गर्दैछ त भनेको अडियोमा सुनिन्छ ।
सुन्नुहोस् अडियो । हामीले यो अडियो सञ्चारपाटीबाट लिएका हौँ ।
Discussion about this post