इटहरी : इटहरीमा एक मृगौला पीडितलाई इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले आर्थिक सहयोग गरेका छन् ।
इटहरी ५ जनता बस्तीमा बसोबास गर्ने सुमन कार्की (ढोली) करीब चारवर्ष यता मृगौला पीडित भएकाले उनलाई घरैमा पुगेर वडाध्यक्ष चौधरीले आर्थिक सहयोग गरेका हुन् ।
औषधि तथा खाद्यान्नका लागि वडाध्यक्ष चौधरीले नगद ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् ।
औषधि उपचार गर्न समस्या भएकाले सहयोगको अपिल समेत गरिएको छ ।














Discussion about this post