ओखलढुङ्गा : ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ वर्षीया दूधमाया कटवालको रुखबाट लडेर मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर कटवालको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post