ओखलढुङ्गा : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ३ पाखुरेडाँडामा ढुंगाले किचेर एक बालकको मृत्यु भएको छ ।
चम्पादेवी ३ ताप्केडाँडामा साथीहरूसँग चुथ्रो खान गएका ओतबहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीमबहादुर श्रेष्ठको भीरबाट झरेको ढुंगाले टाउकोमा लागेर मृत्यु भएको हो ।
ढुंगाले किचेर गम्भिर घाइते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post